नरेन्द्र क्षेत्री।नयाँ दिल्ली: पश्चिम बंगाल विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले तृणमूल कांग्रेसको अभेद्य किल्ला भत्काउँदै सत्तासम्मको यात्रा तय गरेको छ। यो ऐतिहासिक सफलताको श्रेय धेरै हदसम्म शुभेंदु अधिकारीलाई जान्छ। हालसम्मको चुनावी नतिजाको रुझानले भाजपा बहुमतको आँकडा पार गर्दै पहिलो पटक बंगालमा सरकार बनाउने दिशामा अघि बढेको देखाएको छ। आफ्नो राजनीतिक सक्रियता र आक्रामक शैलीका कारण पार्टीको केन्द्रीय नेतृत्वको विश्वास जित्न सफल अधिकारी अहिले मुख्यमन्त्रीको सबैभन्दा बलियो दावेदारका रूपमा देखिएका छन्।
​सन् २०२० सम्म मुख्यमन्त्री ममता बनर्जीको उत्तराधिकारी र पार्टीको दोस्रो शक्तिशाली नेता मानिने अधिकारी अभिषेक बनर्जीको बढ्दो प्रभावका कारण बिस्तारै पाखा लगाइएका थिए। अन्ततः २०२१ को चुनावको पूर्वसन्ध्यामा उनले भाजपामा प्रवेश गर्ने निर्णय लिए। भाजपामा सामेल भएको चार महिनाभित्रै भएको चुनावमा पार्टीलाई ३ सिटबाट ७७ सिटसम्म पुर्‍याउन उनले निर्णायक भूमिका खेलेका थिए। यद्यपि, त्यतिबेला ‘अबकी बार २०० पार’ को नारा सफल हुन सकेन, तर ३ बाट ७७ सिटको छलाङ भाजपाका लागि ठूलो उपलब्धि थियो।
​अहिले पाँच वर्षपछि शुभेंदु अधिकारीको नेतृत्व र ग्राउन्ड लेभलको मेहनतले ममता बनर्जीको १५ वर्ष पुरानो शासनलाई सत्ताच्युत गरिदिएको छ। यस जितसँगै भाजपाको ‘अङ्ग-बङ्ग-कलिङ्ग’ अर्थात् बिहार, बंगाल र ओडिशामा आफ्नो वर्चस्व कायम गर्ने पुराना सपना समेत साकार भएको छ। बिहार र ओडिशामा पहिले नै प्रभाव जमाएको भाजपाले अब बंगालमा पनि आफ्नो झण्डा गाडेर पूर्वी भारतमा आफ्नो राजनीतिक यात्रालाई नयाँ उचाइमा पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार