काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
सोमबार बसेको बोर्डको बैठकले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले बताए ।

अर्को सूचना नभएसम्मका लागि दुबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो l एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन हुने भनिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















