समिर न्यौपाने ।
जेठ महिना त्यसै पनि गर्मी । तर आजकल झरीको मौसम छ । गाउँघरमा मानिस कुनै एकान्तमा परिवारका सदस्यसँग न्यानो ठाउँमा कुराकानीमा मस्त हुन्छ । शहरमा युवा युवति त्यसै रेष्टुराहरुमा वा कुनै जमघट हुने ठाउँमा बस्न रुचाउँछन् । काम भएका मानिस आफ्नो कार्यालयमा व्यस्त रहन्छन् । गर्मी मौसममा मानिस छटपटाहटको मानसिकतामा रम्छ ।
मानिस वैचारिक रुपमा आफ्ना साथीहरु सँग खुल्न जरुरी छ । आफ्ना परिवारका बिचमा हुने घरायसी संवाद मात्रले मानिसलाई एकोहोरो र सुरो बनाउँछ । कुनै मित्र नहुँदा उ सञ्चार माध्यमका सन्देशमा लिप्त हुनसक्छ । सञ्चारले मानिसलाई त्यसै पनि जुझारु त्था न्यानो बनाइ राखेको हुन्छ ।
अर्को मानिसले रुचाउने विषय हो संगित । भावना अनुसारको संगित सुन्नले मानिसमा हुने विस्मृतिको रोग हराउँछ । उसमा रहेको अवसाद पनि केही हदसम्म संगितले पर धकेल्छ नै !
मानिसको साथी टिभी हुनसक्छ । टिभीमा श्रव्य दृश्य र आवाज मानिसका लागि रोचक विषय हुन् । त्यसका सूचनामूलक, ज्ञानमूलक, शिक्षा र मनोरञ्जनात्मक कार्यक्रमले मानिसको हृदय सधैं प्रफुल्लित रहन्छ ।
पुस्तक मानिसको अर्को अभिरुचिको विषय हो । पुष्तक पढ्नाले मानिसलाई ध्यानी बनाउँछ । ज्ञानि बनाँउछ ।
कुनै आश्चर्यजनक संसारमा पाइने साधन होइन यी !
भिडभाडमा काम गर्नु मानिसको बाध्यता हो । भीडभाडमा कोही मनपर्ने साथीको नजिकपना रहँदै जाने हो भने समय खेर गएको भन्ने भान हुँदैन । मानिस सधैं आफूसँग राम्ररी बोल्ने,आफ्ना हृदयको भावना बुझ्ने र भविष्यको मार्गदर्शन देखाउने साथीको खोजीमा हुन्छ ।
तरपनि यो एकान्त शहरमा यसरी सबैथोक पाइने अनि आफ्ना मनका भावहरु संवोधन हुने साथीसंगी पाइन गाह्रो छ ।
यहाँ आडम्बरी, नाफामुलक, भुलभुलैया अनि आर्थिक हैसियतका पछाडी दौडिने मानिस धेरै हदसम्म चोक चोकमा अनि कुना कुनामा भेटिन्छन् ।अनि एउटा सफा चरित्र गरेको मानिस जो खराब कुराको अनुशरण गर्न हिचकिचाउँछ, समाजमा त्यस्ता मानिस अभिरुचीका पात्र हुँदैनन् । मानिस जीउन आफ्नो भावना, चरित्र अनि सामाजिक अन्तरवस्तुको परिक्षण पनी सामाजिक बन्धन अनुसारकै हुनुपर्छ अनि मात्र मानिस समाजमा अटाउँछ ।
एउटा कोमल बालक पनि यही समाजको ऐना हेरेर आफ्नो बानी व्यहोरा परिवर्तन गर्छ । विद्यालयका कक्षामा उसको हाउभाउ त्यही अनुसार हुन्छ । शिक्षकले पढाउँदा उसको संकेत अलि बद्लिन्छ । तर घर आइपुग्दा साथी अनि समाजका पात्रको आडम्बरले उसलाई छोएको हुन्छ ।
त्यसो भए समाज अनुसार मानिस कसरी चल्ने ? निकै गाह्रो प्रश्न यो । भनिन्छ सामाजिक मूल्य मान्यता अनुसार मानिसले बाटो पहिल्याउनुपर्छ । समाजका रीति तिथी, चालचलन, विश्वास, परम्परा अनुसार मानिस चल्दै जानुपर्छ । तर यहाँ तर्कसंगत केही कुरा भेट्टाउनै मुस्किल छ ।
मानिसमा हुने चिन्तन बदल्न उसको चेतना , बौद्विकता ,मनोविज्ञान र वरिपरिको पर्यावरणमा परिवर्तनको आवश्यकता नै हुन्छ ।
वयस्क हुँदै जाँदा मानिस कुनै पेशामा आवद्व नहुने हो भने समाजमा उ कलंक ठह्रिएको हुन्छ । त्यसो नभएमा मानिसले न कुनै स्वतन्त्रता नै पाउँछ न कुनै सामाजिक मूल्य मान्यताका आधार ।
मानिस पैसाबाट अछुतो हुने हो भने उ प्रथमत् आफ्नो परिवारमा बुद्विहीन देखिन्छ । उसका भावना अनि विचारहरु परिवारका सदस्यबाट त्यसै ओझेलमा पर्छन । उसलाई छरछिमेक दिकदार लाग्दै जान्छ । दैनिक जीवनमा हुने आर्थिक न्यूनताले मानिसलाई शून्यतामा धकेल्छ । मानिसमा आलस्यता बढ्छ । उ स्वयं भर्कोफर्को गर्ने हुन्छ ।
विद्यार्थीमा त यस किसिमको क्रियाकलाप दैनिक समस्या कै रुपमा देखापरेको हुन्छ । समस्या यो मानेमा, यस्ता जनझालले उसले अक्षर केलाउँदा त्यसको भाव चरितार्थ हुन गाह्रो हुन्छ । कतिपय मानिस समाजमा अटाउनै नसक्दा विभिन्न नसाका दुव्र्यसनी हुने गर्छन । विभिन्न लागुपदार्थ र मादक पदार्थको आदत उनीहरुलाई परिसकेको हुन्छ ।
यसको सुधारक समाज नभइ स्वयं व्यक्ति हुन जरुरी छ । मानिस आयमिक काममा कम्मर कसे भविष्यमा यस्ता सामाजिक अपहेलनाबाट बन्चित हुनसक्ला !
अर्को कुरा समाजिक हैसियत कम भएका व्यक्ति कुनै नारीको सरसंगतमा हुनुपनि अवाञ्चित क्रियाकलाप नै मानिन्छ ।
मानिस यस किसिमको परिधिबाट मुक्त हुन स्वयं कुनै रोजगारीको बाटोमा अग्रसर हुनुपर्छ ।
मानिसले साथिहरुमा भावना पोख्दा पनि यस किसिमको बाधा व्यवधान धेरै हदसम्म न्युन हुने गरेको छ । मित्रहरुले मानिसलाई सुझाव दिन्छन् । भावना साटासाट गर्छन ।
एउटाले भन्ला,“हेर्न यार ! मलाई घरमा देखिसक्दैनन् । बाच्न गाह्रो भो । पैसा नि छैन ! के गर्ने गर्ने ? ”
शहर बजारमा धेरै मानिसको आयश्रोत राम्रै हुने गर्छ । मानिसहरुलाई काम भेटाउन गाह्रो छैन । केही न केही रोजगारीको साधन उसले अपनाएकै हुन्छ ।
तर ग्रामिण भेगमा मानिसहरु विद्यालय जान घण्टौं हिँड्नुपर्छ । त्यस्ता ठाँउहरु पनि छन् जहाँ पानी भर्नै ३÷४ घण्टा पैदल हिँडनुपर्छ । त्यहाँ घरका मेलापात र खेती नै मानिसको रोजगारी हुन्छ । त्यहाँ मानिस अर्थमुखी नहुने हो भने समाजमा उ टाढीँदै जान्छ । मानिस केवल कलंक हुनेछ । त्यसपछि न त उ आयामिक बन्छ । न उसले समाजका अन्तरवस्तु केलाउँछ । उसमा आएको सचेतता पूर्णरुपमा ढिलो भइसकेको हुनेछ ।
समाज बदल्न मानिस एक्लैले कहाँ सक्छ र ! पहिला त उ आँफै बद्लिने होला !


















