शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जनजागृती क्याम्पस गोलधापमा प्रगतिशिल प्यानल बिजयी 

हल्दिवारी वडा नम्बर १ मा रहेको जागृति क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा प्रगतिशील प्यानल बिजयी भएको छ ।

उक्त निर्वाचनका लागि  नेकपाले संघीय समाजवादी र जनमुक्ति पार्टीसँग समन्वय गरेर प्रगतिशिल समुह बनाएको थियो भने कांग्रेसले राप्रपासँग मिलेर प्रजातान्त्रिक समुह बनाएर चुनाव लडेका थिए ।

विज्ञापन (Advertisement)Advertisement

नवनिर्वाचित नया कार्यसमिति यस प्रकार रहेको छ ।

अध्यक्ष : त्रिलोचन मैनाली ,उपाध्यक्ष : ध्रुव श्रेष्ठ पुरुष सदस्य हरु क्रमश श्रीनारायण न्यौपाने, केदार जंग राउत, विष्णु योङहाङ र महिला सदस्यहरु  रेवता शिवाकोटी, रितु तिम्सिना र मिरा गुरुङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । । शनिवार भएको निर्वाचनमा १ हजार ३१ मतमध्ये ७ सय ५८ मत खसेको थियो ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)