हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जि.पि. फाउन्डेसनद्वारा झापामा राहत बितरण

चिनको बुहान बाट गत डिसेम्बर देखि विश्वभरी फैलिसकेको नोबेल कोरोना भाइरस कोभिड १९ को संक्रमण बाट हाल नेपालमा ४९ जना संक्रमित फेला परिसकेका छन ।

Advertisement

हाल बिश्वका अधिकांश देशहरु कोरोना भाइरस बिरुद्दको प्रतिरक्षाको लडाइमा होमिइरहेका छन । कोरोना भाइरस संक्रमण लाई नियन्त्रण गर्न देसभर लकडाउन (बन्दाबन्दी ) गरिएको आज ३३औ दिन बितिसकेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले देसभर बन्दाबन्दी गरेको अवस्थामा दैनिक ज्यालादारी गरि जीवन गुजारा गर्ने बिपन्न बर्गको दैनिकी दिनानुदिन कस्टकर बन्दै गएको छ ।

Advertisement

यस विषम परिस्थितीलाई मध्यनजर गर्दै देसभरका स्थानिय निकायहरुले तिब्र रुपमा राहत संकलन एबम बितरण गर्दै आएका छ्न। स्थानिय निकाय हरुलाई राहत सामाग्री उपलब्ध गराउने क्रममा झापा जिल्लामा गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला साखाले आज शनिबार जिल्लाको कमल गाउपालिकाका विभिन्न वडा हरुमा राहत सामाग्री हस्तान्तरण गरेको छ ।

राहत सामाग्री अन्तरगत प्रत्येक वडा लाई १५र१५ कार्टुनका दरले ५,६ र ७ वडामा जम्मा ४५ कार्टुन चाउचाउ राहत उपलब्ध गराएको हो । सस्थाले केही दिन अघि कमल गाउपालिका वडा न १ लाई १२ क्विन्टल चामल ,७५ केजि दाल र ७५ केजि नुन राहत उपलब्ध गराएको थियो ।

जि.पि. फाउन्डेसन झापाका जिल्ला संयोजक बुद्दीराज न्यौपाने , सस्थाका जिल्ला प्रबक्ता एबम सचिब महेन्द्र भट्टराई , सस्थाका सल्लाहकार एबम प्रजातान्त्रिक आन्दोलनका सेनानी तथा नेपालि काँग्रेस पुर्ब जिल्ला सभापती पुर्णनन्द शर्मा प्रजातान्त्रिक सेनानी संघ केन्द्रिय पार्सद ऋषिकेस सुवेदी नेपाल महिला संघ कमल गा पा सह( सम्योजक बुद्धिमाया सिवाकोटी, नेका कृयासिल सदस्य कार्तिक लाल राजवंशि नेपाली काग्रेस जिल्ला सदस्य ढलक राज पन्त लगायतले उक्त राहत सामाग्री सम्बन्धित वडा अन्तरगत वडा न ५ का ने का सचिब मोहन पौडेल ,वडा न ६ का वडा अध्यक्ष प्रत्यासि उम्मेद्बार प्रमोद दाहाल र वडा न ७ को छेत्रीय प्रतिनिधि नैन कला सेडाइ लाई हस्तान्तरण गरेका थिए ।

कोरोना सन्त्रासले निम्त्याएको बिपत्तीलाई सम्बोधन गर्न सस्थाले देसका विभिन्न स्थानिय निकायहरुमा निरन्तर रुपमा राहत सामाग्री हस्तान्तरण गर्दै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)