हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको धुलावरीबाट हुन्डी कारोबारमा संलग्न सात जना पक्राउ : करिब २७ अर्ब बराबरको कारोबार गरेको अनुमान 

झापा ३१ वैशाख । झापाको मेची नगरपालिका धुलाबारीबाट सीआईबीको टोलीले  अवैद्ध हुन्डी कारोबार गर्ने ७ जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनीहरूलाई मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी बजारबाट बुधबार पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरू कविस मारु, अनुज मारु, निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल, सुनिल राई रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूमध्ये केही धुलाबारीका ठुला व्यापारी हुन् । उनीहरूले अवैध रुपमा अरबौँ रकम कारोबारी गरेको जनाइएको छ ।
काठमाडौँबाट सिआइबीको टोलीले लामो अनुसन्धानपछि धुलाबारी बाट उनीहरुलाई पक्राउ गरेको हो ।
सीआईबी प्रहरी स्रोतका अनुसार करिब २७ अर्बभन्दा बढी हुन्डी कारोबार गरेका उनीहरूलाई मेची नगरपालिकाको धुलाबारीबाट पक्राउ गरिएको हो ।
सीआईबीको टोलीले पक्राउ परेका सबैलाई आजै काठमाडौँ आवश्यक कारबाहीको लागि लगिएको स्रोतले हल्दीबारी डट कमलाई बताएको छ।
झापाको बिर्तामोड ,धुलाबारी ,भद्रपुर , दमक लगायतका स्थानमा  हुन्डी कारोबारीहरू सक्रिय रहेको अवस्थामा प्रहरीको सीआइबी टोलीलाई नेपालकै सबैभन्दा ठूलो सफलता मिलेको स्रोतले जनाएको छ।।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)