समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

झापामा अनलाइन सट्टाबाजी गरेको आरोपमा दुई जना पक्राउ

नेत्रविक्रम बिमली, झापा । झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजी (बेटिङ) मा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले शनिबार साँझ बिर्तामोडका दुई फरक स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

​पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे रहेका छन्। प्रहरीका अनुसार गिरीलाई बिर्तामोड–५ स्थित ‘गो ६९ क्याफे’ बाट र मेचेलाई बिर्तामोड–४ मा रहेको ‘रेड हट चिली’ बाट नियन्त्रणमा लिइएको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ६ बजे उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

​पक्राउ परेका दुवै जनामाथि सट्टाबाजी सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ। आइतबार उनीहरूलाई झापा जिल्ला अदालतमा उपस्थित गराइएको थियो, जहाँबाट थप अनुसन्धानका लागि दुई दिनको म्याद थप गरिएको छ। प्रहरीले हाल उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।

​नेपालमा पछिल्लो समय डिजिटल माध्यम र मोबाइल एपहरू प्रयोग गरी अवैध रूपमा सट्टाबाजी गर्ने क्रम बढेसँगै प्रहरीले यस विरुद्धको सक्रियतालाई तीव्र पारेको छ। यसअघि पनि जिल्लाका विभिन्न स्थानबाट यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ पर्दै आएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)