स्वास्थ्य
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

झापामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

दमक, झापा । झापाको कमल गाउँपालिकामा सर्पको टोकाइबाट एक ४० वर्षीया महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नं. ३ बस्ने ज्ञान बहादुर लिम्बुकी श्रीमती सरस्वती मगर लिम्बुको कोब्रा (गोमन) सर्पको टोकाइबाट मृत्यु भएको हो ।

​प्रहरीका अनुसार, असार २२ गते बेलुका अन्दाजी ७:५० बजे आफ्नै घरको भान्सा कोठामा खाना पकाउँदै गर्दा सरस्वतीलाई विषालु कोब्रा सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमक सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।

विज्ञापन (Advertisement)Advertisement

​घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली अस्पताल खटिएको थियो । तर, उपचारकै क्रममा राति १०:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बर्खायाम सुरु भएसँगै तराईका क्षेत्रमा सर्पको जोखिम निकै बढ्ने भएकाले घर र भान्सा कोठा वरपर सरसफाइमा विशेष ध्यान दिन र सर्पले टोकेमा ढिला नगरी तुरुन्त उपचार केन्द्र लैजान चिकित्सकहरूले सुझाव दिएका छन् ।

एआईबाट निर्मित सांकेतिक तस्बिर

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)