विर्तामोड । बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ। झापा जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भई लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीको विशेष टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

​जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने ५४ वर्षीय भानु प्रसाद शिवाकोटी, धनकुटा नगरपालिका वडा नं. ६ का ३८ वर्षीय श्रीवास श्रेष्ठ र संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १३ का ४२ वर्षीय रमेश राई रहेका छन्। शिवाकोटीलाई वैशाख ३० गते र अन्य दुई जनालाई जेठ १ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

​पक्राउ परेका मध्ये शिवाकोटीमाथि २९ लाख रुपैयाँ, श्रेष्ठमाथि २० लाख १३ हजार २४२ रुपैयाँ र राईमाथि ११ लाख १३ हजार ५०० रुपैयाँ बराबरको चेक अनादर गरेको अभियोग छ। झापा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। अदालतबाट फैसला भई वा मुद्दाको प्रारम्भिक अनुसन्धानका क्रममा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ। AI निर्मित सांकेतिक तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार