समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

झापामा हिरासतबाट भागेका ९० थुनुवा अझै सम्पर्कविहीन

झापा। झापाका विभिन्न हिरासतबाट भागेका ९२ थुनुवामध्ये दुई जना मात्र सम्पर्कमा आएका छन्। गत भदौ २४ मा प्रदर्शनकारीको आक्रमणका क्रममा इलाका प्रहरी कार्यालय दमक, अनारमनी र झिलझिलेबाट ९२ जना थुनुवा फरार भएका थिए।

प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार फरार थुनुवामध्ये दुई जना लागुऔषध मुद्दामा हिरासतमा थिए र उनीहरु अहिले प्रहरी सम्पर्कमा आएका छन्। बाँकी ९० जना अझै सम्पर्कविहीन छन्। यी थुनुवाहरु गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न रहेका बताइएको छ।

विज्ञापन (Advertisement)Advertisement

‘दुई जना सम्पर्कमा आएका छन्। परिस्थिति सहज बन्दै गएकाले अन्य पनि सम्पर्कमा आउन सक्नेछन्,’ श्रेष्ठले भने। आन्दोलनको क्रममा आगजनीले कैदी फाइल र कागजात पनि नष्ट भएका थिए।

जिल्लाका २३ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो भने ९ वटा कार्यालय पूर्ण रुपमा नष्ट भएका थिए। देशका अन्य स्थानबाट फरार भएका कैदीको तुलनामा झापामा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

 

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)