हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धुर्मुस–सुन्तली फाउण्डेशनलाई ७ करोड १४ लाख हस्तान्तरण

भरतपुर , चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम आज हस्तान्तरण गर्नुभएको हो ।

Advertisement

महायज्ञमा बोलकबोल भएको रु ६९ करोड ४० लाख ५६ हजार ९१९ रकममध्ये नगद सङ्कलन भएको रु सात करोड १४ लाख ५६ हजार ६८४ को चेक हस्तान्तरण गरिएको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहले घोषणा गरेको रु ५१ करोड ९२ लाख ६५ हजार २६३ उठ्न बाँकी छ ।

Advertisement

महायज्ञमार्फत २८ हजार दाताले रङ्गशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो । महायज्ञमा निजी क्षेत्र, सङ्घसंस्था र नागरिकका तर्फबाट रु १७ करोड ४६ लाख सहयोगको घोषणा गरिएको समितिले जनाएको छ ।

यस्तै प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले रु दुई करोड २२ लाख सहयोग गर्ने घोषणा गरेका थिए । अन्य स्थानीय तहले पनि सहयोगको घोषणा गरेका थिए ।

प्रदेश सरकारले प्रदान गर्ने रु ३० करोड बहुवर्षीय बोलपत्र प्रक्रियाअन्तर्गत रहेर काम अघि बढाइने बाग्मती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिनुभयो । उहाँले तत्काल समिति विघटन भइनसकेको भन्दै रकम उठाउन र रङ्गशाला निर्माणमा सहयोग पु¥याउन असार मसान्तसम्म काम गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दाताहरुलाई महायज्ञमा बोलेअनुसारको रकम सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले बन्दाबन्दीका कारण रङ्गशाला निर्माणको काम प्रभावित भए पनि भित्रभित्रै काम गरिरहेको बताउनुभयो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)