हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेपाल दक्षिण एसियाली (साग) फुटबलको फाइनलमा ,फाइनल पर्सि भुटान सग हुँदै

 काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ ।

Advertisement
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)