हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेशनल मेडिकल कलेज, वीरगञ्जमा अनेरास्ववियुको आन्दोलन 

वीरगञ्ज। नेशनल मेडिकल कलेज, वीरगञ्जमा आन्दोलनरत एमबीबीएस अध्ययनरत विद्यार्थीमाथि शुक्रबार कुटपीट भएपछि अनेरास्ववियूले उक्त मुद्धाका बारेमा आवाज उठाएको छ।

Advertisement

अनेरास्ववियू प्रदेश नम्बर २ ले आज नेशनल मेडिकल कलेजका विद्यार्थीले गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा कलेज प्रशासनले गुण्डा प्रयोग गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement

विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा कलेज प्रशासनले बाहिरी गुण्डा प्रयोग गरी बिद्यार्थीलाई भौतिक र मानसिक यातना दिने काम तत्काल रोक्न अनेरास्ववियूले माग गरेको छ। विद्यार्थीमाथि भौतिक ताथ मानसिक यातना दिनु अपराध भएको भन्दै अनेरास्ववियूले घटनाको दोषीलाई कानूनी दायरामा ल्याएर तत्काल कारबाही गर्न माग गरेको छ।

राज्यले तोकेको शिक्षण शुल्क लागू गर्नुपर्ने, विद्यार्थीमाथिको दमन रोक्नुपर्ने, अतिरिक्त शुल्क फिर्ता गर्नुपर्नेलगायतको मागसहित मेडिकल कलेजका विद्यार्थी आन्दोलनरत छन्।

अनेरास्वियूकी नेता आरती लामाका अनुसार कलेज प्रशासनले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीलाई आन्दोलन फिर्ता गर्न दबाब दिएको, आन्दोलन फिर्ता नलिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)