समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय बिकास समितिको साधरण सभा नया नेतृत्व चयन गर्दै सम्पन्न

पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय बिकास समितिको आठौं बार्षिक साधरण सभा नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

समितिका अध्यक्ष रेम प्रसाद खरेलको सभापतित्व तथा प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सिको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि राजवन्सी ,हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देन ,उपाध्यक्ष डम्बर बहादुर गिरि वडा अध्यक्ष होम प्रसाद चुडाल ,राप्रपा अध्यक्ष मदन मगर , पाथिभरा कालिका सावउसका अध्यक्ष चिरन पौडेल,  लक्ष्मी मैनाली, श्रीप्रसाद बारकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने बन्दसत्रमा नवनिर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना हल्दीबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले शुभकामना मन्तव्य राखेका थिए ।

विज्ञापन (Advertisement)Advertisement

 साधारणसभाले रेम प्रसाद खरेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद ओली, सचिव मञ्जु सुवेदी दाहाल, सहसचिव दिपक गैरापिप्ली, कोषाध्यक्ष सुरेन्द्र बारकोटी, सदस्यहरुमा गिता सेलवाल, गेहनाथ गौतम, खगेन्द्र आचार्य, नरेन्द्र न्यौपाने रहेका छन् ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)