हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्री ओलीद्वारा कोरोना कोषमा ७७ हजार : कोषमा १ अर्ब ९१ करोड जम्मा

सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीले ७७ हजार २ सय ८० रुपैयाँ जम्मा गरेका छन् । सरकारले स्थापना गरेको कोषमा प्रधानमन्त्री ओलीले एक महिनाको तलव बराबरको रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजकुमार पौडेलले जानकारी दिए ।

Advertisement

त्यस्तै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ७० हजार ७ सय ३० रुपैयाँ गरेका छन् । मुख्य सल्लाहकार विष्णु रिमालले ७० हजार ६ सय ३०, प्रेस सल्लाहकार सूर्य थापाले ६७ हजार ३० रुपैयाँ कोषमा जम्मा गरेका छन् । त्यस्तै आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरेले ६४ हजार ७ सय २६ रुपैयाँ, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले ६५ हजार १ सय ४० रुपैयाँ, र स्वकीय सचिव राजेश बज्राचार्यले ६० हजार ६ सय ८० रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यस्तै प्रधानमन्त्रीका चिकित्सक डा दिब्या सिंहले ११ हजार २ सय ८८ रुपैयाँ जम्मा गरेकी छन् ।

Advertisement

विहीबार राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले ८० लाख १४ हजार रकम कोषमा जम्मा गरेका छन्। त्यस्तै सर्वोच्च अदालतले ३१ लाख ६१ हजार कोषमा जम्मा गरेको छ। त्यस्तै लक्ष्मी बैंकले ३० लाख र सलेवेज डिपार्टमेन्ट स्टोरले २५ लाख कोषमा रकम जम्मा गरेको छन् । कर्मचारी संचयकोषका कर्मचारीले २१ लाख ६ हजार क्षमादेवी कन्स्ट्रक्सनले १० लाख ११ हजार उच्च अदालत ५ लाख ६४ हजार जम्मा भएको छ ।

नेपाल निजामती कर्मचारी संगठनले पाँच लाख जम्मा गरेको छ । त्यस्तै नाम नखुलेका विभिन्न व्यक्तिबाट २ करोड ५३ लाख ८३ हजार ९ सय ६९ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। विहीबारसम्म कोषमा १ अर्ब ९१ करोड ५० लाख चार हजार १ सय ९७ रुपैयाँ जम्मा भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)