हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

बाघको आक्रमणबाट सर्खेतमा एक जनाको मृत्यु

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका ३ लेखगाउँका चन्द्र नेपालीको बाघको आक्रमणबाट मृत्यु भएको छ। अन्दाजी ४५ वर्षीय नेपालीलाई घर नजिकै घाँस काट्न गएको बेला बिहान साढे ९ बजेतिर बाघले आक्रमण गरेको थियो।

Advertisement

स्थानीय जयराम बोगटीका अनुसार बाघले आक्रमण गर्दा नेपालीको घटनास्थलमै मृत्यु भएको थियो। उनले भने, ‘आक्रमणपछि चिच्याउँदा हामीले थाहा पायौं, घटना स्थल पुग्दा उनको मृत्यु भइसकेको थियो।’

Advertisement

आक्रमण लगत्तै उद्धारका लागि स्थानीयहरु पुगे पनि नेपालीको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। निकुञ्जबाट आएको बाघले आक्रमण गरेको स्थानीयको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)