हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

ब्रिगेड ब्वाइजलाई हराउँदै मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

काठमाण्डौ , शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लगातार तीन खेलमा जित निकाल्दै मनाङ फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई एक शून्यले हरायो ।

Advertisement

मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको २५ औंँ मिनेटमा जगजित श्रेष्ठले मनाङका लागि गोल गरेका थिए ।पहिलो हाफमा एक शून्यको अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि ब्रिगेड ब्वाइजलाई दबाब दियो तर गोल थप्न सकेन ।

Advertisement

त्यसपछि अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइज खेलमा फर्कन सकेन र पराजित भयो ।जारी लिगमा ब्रिगेड ब्वाइजको यो दोस्रो हार हो । उसको तीन खेलमा तीन अंक रहेको छ । मनाङको तीन खेलमा नौ अंक भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)