समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मकवानपुरमा सुमो दुर्घटना तीन जनाको ज्यान गयो

हेटौंँडा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्गअन्तर्गत काठमाण्डौबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिकाको ओखलडाँडा सडकबाट तल खसेको हो ।

विज्ञापन (Advertisement)Advertisement

घटनामा ज्यान गुमाएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)