राष्ट्रिय स्वतन्त्र पार्टी हल्दीबारी गाउँ कमिटी अन्तर्गत रहेको वडा नं. ३ को वडा कमिटी अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
हिजो आयोजित विशेष कार्यक्रममा हल्दीबारी–३ ढडुवास्थित त्रियुगेश्वर शिवलय मन्दिर परिसरमा अधिवेशन सम्पन्न गरिएको हो।

तदर्थ समितिका सभापति फिलिप टुडु को सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले सर्वसम्मत रूपमा ११ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ।

नवगठित समितिको सभापतिमा खड्ग बिष्ट, उपसभापतिमा मातृका भारती, सचिवमा धर्मेन्द्र महतो चयन हुनुभएको छ। त्यसैगरी स्नेहा शर्मा, नारायण प्रसाद गिरी, पफुल मण्डल तथा फिलिप टुडु सदस्यमा चयन हुनुभएको छ। बाँकी चार सदस्य भने मनोनित गरिने जनाइएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई महिला नेतृ मनिषा भट्टराई कार्की ले शपथ ग्रहण गराउँदै जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।

पछिल्लो समय हल्दीबारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी ले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै वडा स्तरीय समितिहरू गठन गर्दै अघि बढिरहेको देखिन्छ। कार्यक्रमको सञ्चालन तथा सहजीकरण यामकान्ता निरौला ले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार