हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वन्यजन्तु चोरी निकासीमा उच्चस्तरीय अधिकारीहरुकै संलग्नता- उपाध्यक्ष गिरी

एसियाकै जैविक विविधता भएको जलथलमा भएको अध्यन बारे फरेस्ट एक्सन नेपालद्वारा फेकोफन झापा र फरेष्ट्री कलेज काठमाडौ समेतको सहकार्यमा जलथल जैविक विविधता व्यवस्थापन सम्बन्धि जनप्रतिनिधिहरुलाई १ दिवशिय अन्तरक्रिया कार्यक्रम हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष श्री डम्बर बहादुर गिरीको अध्यक्षतामा सम्पन्न भयो ।

Advertisement

Advertisement

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिरीले जलथल जंगलको महत्त्व र व्यवस्थापनका चुनौतिको बारेमा आफ्नो धारणा राख्दै वन्यजन्तु चोरी निकासीमा राज्यको उच्च पदस्थ अधिकारीहरुकै संलग्नता रहेको देखिएकोले यश विषयमा सामुदायिक वन उपभोक्ता समूहहरु चनाखो भई मृग, बँदेल, चित्तल, सालक लगायतका जंगली जनावरहरुको संरक्षणमा ध्यान दिनुु पर्नेमा जोड दिनु भयो ।

 अन्तरक्रिया कार्यक्रममा फरेस्ट एक्सन नेपालका डा. लिलानाथ शर्माले संचालित कार्यक्रमको विविध पक्षमा प्रकाश पार्नु भयो । त्यसै गरि फरेस्ट एक्सनका संजय तामाङले हालसम्मको अध्ययन र गतिविधिहरुको बारेमा जानकारी गराउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा जलथल जंगललाई कसरी व्यवस्थापन गर्न शकिन्छ भन्ने विषयमा जनप्रतिनिधि र जैविक विविधता कार्यक्रमको विचमा छलफल भएको थियो ।  कार्यक्रममा हल्दीबारी गाउँपालिका भित्रका जनप्रतिनिधिहरुको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता एवंम् कार्यक्रमका सहजकर्ता सागर पोर्तेलले जानकारी गराउनु भयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)