झापा–– विश्व दूध दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिरहेको नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले एक अपाङ्गता भएका व्यक्तिको उपचारका लागि आर्थिक सहयोग गरेको छ।

​एसोसिएसनले कन्काई नगरपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा २६ वर्षीय उमेश खातीलाई ६५ हजार ६ सय रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको हो। गम्भीर रोगका कारण दुवै हात र दुवै खुट्टा काट्नु परेपछि खातीको आर्थिक र पारिवारिक अवस्था निकै दयनीय बनेको थियो।

​पीडितको दयनीय अवस्थालाई आत्मसात गर्दै संस्थाको तर्फबाट मानवीय सेवा भावले उक्त रकम सहयोग गरिएको नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले जनाएको छ। दिवसका अवसरमा व्यावसायिक प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय सहयोगका कार्यक्रमलाई प्राथमिकता दिइएको एसोसिएसनले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार