गौरादह (झापा)— झापाको गौरादहमा स्कूल बसले किच्दा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
गौरादह नगरपालिका–७ स्थित फगेटीमा बुधबार बेलुकी ५ बजे सजग एकता बोर्डिङ स्कूलको को १ ख ६९४० नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरियाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गौरीगंजका अनुसार स्कुलबाट घर पुर्याएर बसबाट ओराल्ने क्रममा स्थानीय खड्ग चिमरियाका छोरा आरोग्यलाई सोही बसले किचेको थियो । बसको चक्काले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले बस र ५७ वर्षीय चालक लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ । कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सांकेतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















