ढाका (बंगलादेश) — बंगलादेश र नेपालका फोटोपत्रकारहरूले सडक आन्दोलन तथा जनउठानका समयमा कार्यक्षेत्रमा भोग्नुपर्ने जोखिम र व्यावसायिक सुरक्षाका चुनौतीबारे अनुभव साटासाट गरेका छन्।
ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेश (पीआईबी) मा मंगलबार सम्पन्न ‘फोटोग्राफर अन द स्ट्रिट’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनारमा दुवै देशका विज्ञहरूले फोटोपत्रकारिताका विविध आयामबारे चर्चा गरेका हुन्। विशेष गरी सडकमा हुने प्रदर्शनका बेला फोटो खिच्दा आइपर्ने शारीरिक जोखिम, पेसागत नैतिकता, प्रेस स्वतन्त्रता र सुरक्षा निकायबाट हुने व्यवहारबारे विस्तृत छलफल भएको थियो।
कार्यक्रमका वक्ताहरूले संकटका बेला सत्य र यथार्थ दृश्य कैद गर्न फोटोपत्रकारहरूले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गरे। उनीहरूले फोटोपत्रकारहरू केवल तस्बिर खिच्ने माध्यम मात्र नभई इतिहासका जीवन्त साक्षी भएको धारणा राखे।

ढाका, वैशाख ३० — बंगलादेश र नेपालको फोटोपत्रकारितामा सडक आन्दोलन तथा जनउठानका विषयमा केन्द्रित “Photographer on the Street” शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाका
“सडक आन्दोलनको समाचार संकलन गर्दा एउटा फोटोपत्रकारले एकातिर आफ्नो ज्यान जोगाउनुपर्ने हुन्छ भने अर्कोतिर महत्त्वपूर्ण दृश्य छुटाउनु हुँदैन,” सहभागी एक फोटोपत्रकारले भने, “यस्तो समयमा पेसागत मर्यादा र सुरक्षाबीचको सन्तुलन कायम राख्नु चुनौतीपूर्ण छ।”

ढाका, वैशाख ३० — बंगलादेश र नेपालको फोटोपत्रकारितामा सडक आन्दोलन तथा जनउठानका विषयमा केन्द्रित “Photographer on the Street” शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाका
सेमिनारमा नेपाल र बंगलादेशबीच फोटोपत्रकारिताका माध्यमबाट व्यावसायिक सहकार्य, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धिका लागि नियमित कार्यक्रमहरू हुनुपर्नेमा जोड दिइएको छ। कार्यक्रममा दुवै देशका वरिष्ठ सञ्चारकर्मी, फोटोपत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। दुई देशका फोटोपत्रकारहरूबीचको यस्तो अन्तर्क्रियाले क्षेत्रीय स्तरमा प्रेस स्वतन्त्रता र व्यावसायिकताको रक्षा गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।