हल्दिवारी ,१३ असार । हल्दिवारी गाउँपालिकामा दुई दिने महिला अधिकार र विद्यमान कानुन सम्बन्धी कार्यशाला शुरु भएको छ । टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दिवारी गाउँपालिका न्यायीक समितिको आर्थिक सहयोगमा महिला तथा किशोरीहरुलाई कानुनी अधिकारका बारेमा जानकारी दिन कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
हल्दिवारी गाउँपालिकाको ५ वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु र विधार्थीको सहभागितामा कार्यशाला शुरु भएको छ । आज सोमवार पहिलो दिन वडा नं . १ र २ का बिबिन्न विद्यालयमा अध्यनरत छात्राहरुको सहभागिता रहेको थियो भने बाँकी वडाहरुबाट मंगलवार सहभागिता हुने आयोजक सस्थाले जनाएको छ ।

कार्यशालाको पहिलो दिन अधिवक्ता हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन् भने भोलि मंगलवारको सहजीकरण मोरङकी अधिवक्ता विष्णु कुमारी तामाङले गर्ने कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिएका छ्न ।
टाइम्स मिडियाका अध्यक्ष नारायण प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यशालामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















