हल्दीबारी, झापा ।हल्दीबारी गाउँपालिका वडा नं. ५ ले प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि विजेता आफ्ना खेलाडीहरूलाई भव्य समारोहका बीच सम्मान गरेको छ। वडा सदस्य एवं खेलकुद संयोजक शिवमाया लिम्बुको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा वडा कार्यालयको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमाणपत्रका साथै खेल सामग्री (बुट) प्रदान गरी सम्मान गरिएको हो।

​वडा नं. १ द्वारा आयोजित अन्तर-वडा फुटबल प्रतियोगिताको फाइनल भिडन्तमा आयोजक वडा नं. १ लाई नै पराजित गर्दै वडा नं. ५ ले नगद २५ हजार रुपैयाँ सहित ट्रफी र मेडल जितेर इतिहास रचेको थियो। सोही सफलताको कदर गर्दै वडाले खेलाडीहरूको मनोबल उच्च राख्न यो सम्मान कार्यक्रमको आयोजना गरेको हो।

​कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन( महेन्द्र )गाउँपालिका खेलकुद विकास समितिका संयोजक एवं वडा नं. ४ का अध्यक्ष सन्त कुमार थापा र जलथल एएफसीका अध्यक्ष जय राई लगायतले शुभकामना मन्तव्य राख्दै खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।

​वडा अध्यक्ष खड्कबहादुर लावतीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वडा सदस्य जीवन कन्दङबाले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष देवी बहादुर थापा ,वडा सदस्यहरू विजय फागु, सुषमा महरा, प्रकाश कार्कीका साथै स्थानीय खेलाडी, कर्मचारी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार