राष्ट्रिय स्वतन्त्र पार्टी हल्दीबारी गाउँ कमिटी अन्तर्गत वडा नम्बर ४ को वडा अधिवेशन सम्पन्न भएको छ। हल्दीबारी गाउँपालिका–४ स्थित च्याङ्ग्राबन्दामा रहेको सिद्धकाली मन्दिर परिसरमा हिजो आयोजित विशेष कार्यक्रममार्फत अधिवेशन सम्पन्न गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी हल्दीबारी वडा नम्बर ४ का तदर्थ समितिका सभापति दाताराम बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनबाट सर्वसम्मत रूपमा ११ सदस्यीय वडा कार्यसमिति गठन गरिएको छ। समितिको सभापतिमा दाताराम बराल, उपसभापतिमा ओमकुमारी बास्कोटा, सचिवमा मणिकुमार दाहाल तथा सदस्यहरूमा कुलप्रसाद मैनाली, देवराज खनाल, सुमित्रा हस्ता, कमला चापागाईं, मुना आचार्य उप्रेती र माया घिमिरे उप्रेती चयन भएका छन्। बाँकी दुई सदस्य भने पछि मनोनयनमार्फत चयन गरिने जनाइएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई महिला नेत्री मनिषा भट्टराई कार्कीले शपथ ग्रहण गराउँदै कार्यजिम्मेवारी प्रदान गरेकी थिइन्।

अधिवेशनका प्रमुख अतिथि पार्टीको अनुशासन आयोगका जिल्ला प्रमुख अर्जुन उप्रेती रहेका थिए भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण यामकान्ता निरौलाले गरेका थिए।

पछिल्लो समय हल्दीबारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तीव्रता दिँदै वडा स्तरीय समितिहरू गठन गर्ने कार्यलाई निरन्तर अगाडि बढाइरहेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार