हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता १० महिना अगाडि

अनलाइन बेटिङ एप प्रकरण: युवराज सिंह ईडीसामु बयान, रैना–धवन पनि सोधपुछमा

भारतीय पूर्व क्रिकेटर युवराज सिंह अनलाइन सट्टेबाजी एप “वान एक्स बेट” सम्बन्धी सम्पत्ति शुद्धीकरण मुद्दामा मङ्गलबार प्रवर्तन निर्देशनालय (ईडी) समक्ष उपस्थित भएका छन्। युवराजले आफ्ना वकिलसहित दिल्लीस्थित ईडी कार्यालयमा पुगेर बयान दिएका हुन्।

Advertisement

यसअघि सोही मुद्दामा पूर्व क्रिकेटर सुरेश रैना, शिखर धवन, रोबिन उथप्पा, अभिनेत्री मिमी चक्रवर्ती र अभिनेता अंकुश हाजरालाई पनि ईडीले सोधपुछ गरिसकेको छ। आगामी बुधबार अभिनेता सोनु सूदलाई पनि बयानका लागि बोलाइएको छ।

Advertisement

ईडीको भनाइमा, यी अनलाइन बेटिङ प्लेटफर्महरूले कर छली र ठगी गर्दै सेलिब्रिटीहरूको प्रचारमार्फत सर्वसाधारणलाई आकर्षित गरेका थिए। तर, सोधपुछमा सहभागी केही व्यक्तिहरूले भने गैरकानुनी गतिविधिमा संलग्नता अस्वीकार गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)