हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“अन्तर्मन”:दयानन्द गौस्वामि

 

Advertisement

छाया संग म लुकामारी खेल्दा
क्षणिक नै विभोर भयो जीवन,

Advertisement

नैराश्यमय जब भएँ शनै शनै
हुँदै भएन राग कहिल्यै शमन,

नाना भाँति निरंतरको प्रयास
व्यर्थ सम्पूर्ण जीवनको आश,

क्षितिज पारीको प्रेमिल यात्रा
त्यो पनि भयो अब प्रतिगमन

श्यामल निशाको कपोल हेरी
सहजै ढल्क्यो मेरो अन्तर्मन,

रमणीक पृष्ठभूमि चितवनको निलो

अम्बरमा उडदै रातचरी,

त्यो निकृष्ट श्यामल संध्याको
याचना गर्दा ईशको हात धरी,

ज्योतिर्मय जीवनको आशमा
ब्रम्हाण्डिय मैंले कल्पना गर्दा,

क्षणिक नै लाग्दछ आदर्शहरू
जब अभावमा वित्दछ जीवन,

सारा आलोक नै जब लुटीन्छ
निभ्दछन सम्पूर्ण ती तारागण,

अविराम दियो झैँ बली रहन्छ
तथापि अंधकार भयो यो मन,

उनको स्नेहि शितल छायामा
कारुणिक हुँ म एउटा बालक,

क्रन्दित मातृवक्ष दुग्धामृतको
स्थिर रहिन वात्सल्य मायामा,

उनका अति नै अशेष करूणा
अनी प्रेमील अन्त:निहित मन,

छाया संग म लुकामारी खेल्दा
क्षणिक नै विभोर भयो जीवन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)