हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वरेकर्ड  नेपाली महिला क्रिकेटर अञ्जली चन्दको 

काठमाडौं – नेपाली महिला क्रिकेटर अञ्जली चन्दले विश्वरेकर्ड बनाएकी छिन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वरेकर्ड बनाएकी हुन् । उनले आफ्नो डेब्यू खेलमै सबै खेलाडीहरुलाई पछि पार्दै बेस्ट बलिङ फिगरको विश्वरेकर्ड बनाउन सफल भएकी हुन् ।

Advertisement

पोखरामा भइरहेको अन्तर्राष्ट्रिय टि–२० अन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा महिला क्रिकेटर अञ्जली चन्दले २ ओभर १ बल बलिङ गर्दै एक रन पनि नदिइ ६ विकेट लिएकी हुन् ।

Advertisement

उनले पहिलो ओभरमा ३ विकेटसहित मेडन र दोस्रो ओभरमा २ विकेटसहित मेडन राखेकी हुन् । उनले तेस्रो ओभरमा पनि पहिलो बलमै विकेट लिँइन् । उक्त खेलको पहिलो बलमै अञ्जलीले विकेट लिएर इतिहास रच्न सफल भइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)