समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

अर्जुनधारामा मोटरसाइकल दुर्घटना, घाइते चालकको उपचारका क्रममा मृत्यु

बिर्तामोड ।झापाको अर्जुनधारामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ।

​जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताका अनुसार आइतबार (जेठ ३ गते) बिहान साढे १० बजे अर्जुनधारा नगरपालिका–४ स्थित दहीझोडा सडक खण्डमा दुर्घटना भएको हो। दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे ४ प ७१९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

​दुर्घटनामा परी मोटरसाइकल चालक कन्काई नगरपालिका–४ का ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि दिउँसो सवा १२ बजे विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो। नोबेल अस्पतालमा उपचारकै क्रममा आइतबार साँझ ७:२५ बजे कुमालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)