सुशील ढुंगाना – काठमाडौ
महात्मा गान्धिलाई एक जना बृद्राश्रम संचालकले निमन्त्रणा दिदै भनेछन,”बापु,मेरो बृद्राश्रम उद्घघाटन गर्न आई दिनु पर्यो । “
महात्मा गान्धिले बढो बिनम्रतापुर्बक जबाफ फर्काउदै भनेछन ,”महाशय,तपाई जुन दिन बृद्राश्रममा बस्ने आमा बुबा नभेटेर बन्द गर्नेबारे सोच्नु हुनेछ, त्यसबेला मलाई बोलाउनु होस । म दौडेर बन्द गर्न आउनेछु।”
तर,आज घर भन्दा बढि बृद्दाश्रम बनि रहेका छन नेपालमा । कोहि नहुनेहरुका लागि त यो उत्तम हो । तर,हुनेहरुले पनि आफ्नै आमाबुबालाई बृद्दाश्रममा लगेर फालेका छन । तिनलाई आमाबुबालाई पाल्न झर्को लाग्दछ । फोहोर लाग्दछ । घर ,कपडा दुर्गन्धित हुने डर लाग्दछ । तर,कुकुर पाल्न भने रमाईलो । कतिपयले आमाबुबा संगै कुकुर पनि पाल्दछन । तर,ख्याल बढि कुकुरको गर्दछन ।
याद गर्नुहोस,यस्तो दिन तपाईमा पनि फर्केर आउनेछ । हिन्दिमा एउटा भनाई छ,”हर बुढापे ने जबानि देखि है,मगर किसि जबानिने बुढापे नहि देखि”।
कुनै तरिकाले भए पनि आमालाई संझने प्रति हार्दिक कृतग्यता !! किनकि आमा भनेकै त्यस्ति हुन जस्लाई सन्तानबाट बदलामा केहि चाहिदैन । बस, संझि दिए पुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार