हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एकता अधिवेशनमा कमल थापाले मागे माफी

काठमाडौं १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमल थापाले एकता महाधिवेशनमा पार्टीको अध्यक्षको उम्मेदवारी दिएका नेता राजेन्द्र लिङदेनलाई लक्षित गर्दै चार वर्ष धैर्य गर्नुस्, बलियो पार्टी बनाएर युवा पुस्तालाई हस्तातरण गर्न तयार छौं भनेका छन् ।

Advertisement

काठमाडौंमा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

Advertisement

सम्बोधनमा एउटा चुनाव असफल भयो भन्दैमा राप्रपा कमजोर भएको सोच्न नहुने बताएका उनले पार्टी एकता कायम गर्न नसक्नुमा आफू नैतिक जिम्मेवार रहेको भन्दै माफी समेत मागेका छन् ।

‘एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन, एउटा चुनावमा असफल हुँदैमा राप्रपा कमजोर भयो भन्ने हिन भावना कसैले राख्नु हुँदैन,’ थापाले भने । राप्रपालाई देशको अग्रणी शक्तिका रुपमा स्थापना गर्ने बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)