हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापाका सामाजिक तथा शैक्षिक व्यक्तित्व सुमन जमरकट्टेलको निधन

झापा ,७ श्रावण । झापाको अर्जुनधारास्थित देवभूमि विद्यालयका संस्थापक तथा स्थानीय सामाजिक र शैक्षिक क्षेत्रका परिचित व्यक्तित्व सुमन शर्मा जमरकट्टेलको ५० वर्षको उमेरमा निधन भएको छ।

Advertisement

​बिहीबार बिहान करिब ८ बजे विद्यालय परिसरमै अचानक छातीमा समस्या देखिएपछि उहाँ बेहोस हुनुभएको परिवारजनले जनाएका छन्। तत्काल उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको हो।

Advertisement

​लामो समयदेखि झापाको शैक्षिक विकासमा सक्रिय जमरकट्टेल नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो भने पछिल्लो समय सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्थ्यो।

​शिक्षा क्षेत्रका अलावा उहाँ रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पूर्व अध्यक्ष तथा श्री श्री ठाकुर अनुकूलचन्द्र धर्म संघका जिम्मेवार पदाधिकारीका रूपमा समेत सामाजिक र धार्मिक अभियानहरूमा सक्रिय रहँदै आउनुभएको थियो।

​उहाँको असामयिक निधनप्रति झापाका विभिन्न सामाजिक, धार्मिक तथा शैक्षिक संघ-संस्थाका प्रतिनिधिहरूले गहिरो शोक व्यक्त गरेका छन्। स्वर्गीय जमरकट्टेलका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)