हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एकल महिलाहरु मोतीमाला बनाउन सिक्दै

न्यूज व्यूरो- एकल महिलाहरु लाई आत्मनिर्भरताका लागि महिलाहरुको ऋङगार सामाग्री बनाउने शिपमुलक तालिम आइतवार देखी शुरु भएको छ । वडाका एकल महिलाहरु लाई घरेमा बसेर आय आर्जन गर्न सकिने शिप प्रदान गर्न मोती माला, क्रिष्टल चुरी लगायत बनाउने तालिम सञ्चालन गरिएको हो ।

Advertisement

एक हप्ता सम्म चल्ने उक्त तालिन धरान–१२ वडा कार्यालयको सहयोगमा एकल महिला समुह सुनसरीले आयोजना गरैको हो । तालिमको उद्घाटनको अवसरमा धरान वडा १२ का अध्यक्ष टंकबहादुर राईले महिलाहरुको शसक्तिकरण भनेको नै उनिहरु आत्मनिर्भर बन्नु भएको बताए । शिप मुलक तालिमले महिलालाई आत्मनिर्भर बनाउने उनको भनाई थियो । उनले वडाका एकल महिलाहरु लाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि उनिहरु लाई तालिममा प्राथमिकता दिइएको बताए ।

Advertisement

उपमहानगर कार्यपालिका सदस्य किशोर परियारले वडा कार्यालयले एकल महिलाहरुका लागि आयमुलक शिपको तालिम आयोजना गरेर उदाहरणिय कार्य गरेको बताए । महिला सञ्जलकी अध्यक्ष चेतना श्रेङले एकल महिला लाई आर्थिक र सामाजिक रुपमा सकृय, सक्षम बनाउन सके उनिहरुको क्षमता, योग्यता समाजको लागि उपयोगी हुने बताइन् । सञ्चालकी पूर्व अध्यक्ष सबिता राईले महिलाहरुको शिपले देशको अर्थतन्त्रमा ठूलो योगदान गर्नसक्ने बताउँदै विदेशबाट आउने महिला ऋङगारका सामाग्री महिलाहरुले घर घरमा उत्पादन गर्न उनिहरुलाई सक्षम बनाइए आयाता प्रतिस्थापनमा सघाउ पुग्ने उल्लेख गरिन् ।

साता दिन सम्म चल्ने तालिमको प्रशिक्षण राष्ट्रिय महिला महासंघ सुनसरी जिल्ला अध्यक्ष संगीता सुब्बाले दिइरहेकी छन् । तालिमा धरान वडा १२ का १५ जना एकल महिलाहरु सहभागी छन् । तालिम अवधिमा उनिहरुले गलामा लगाउने मोतीको माला, हातमा लगाउने क्रिष्टलको चुरा लगायतको ऋङगारका आभूष्ण बनाउन सिक्ने छन् । उक्त सिप उपयोग गरी सानो पूँजीमा घरैमा बसेर फुर्सदको समयमा उत्पादन गरी महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्नेछन् । -चुन्नु थापा, धरान

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)