नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने तयारी गरेको छ । एमालेले हालका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र शाक्यलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट हेटौंडा फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । पौडेलले संसदीय दलको नेताबाट भने राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको छ । त्यस्तै बैठकले दीपकराज पाण्डे, दीपक निरौला र रचना खड्कासहित तीन सदस्यीय समिति बनाएको छ ।
बुधबार प्रदेशसभा सचिवालयमा बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो । त्यस्तै, सांसद अरुण नेपालले पौडेलले राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउने सहमति भएको बताए । बागमती प्रदेशमा सभामुखसहित १०९ जना सांसद छन जसमा ५६ जना एमालेका छन् । एमालेका ५६ सांसदमध्ये २३ जना नेपाल पक्षका रहेका छन् ।
















