हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ओली र नेपालबीच भेटवार्ताको तयारी, एमालेमा जुटेको हो सहमति ?

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको हो । दुई नेताबीच आजै भेटवार्ता हुने एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले बताए ।

Advertisement

दोस्रो तहका नेताहरुको आग्रहपछि दुवै नेताले भेट्ने सहमत भएका हुन् । माधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको बताए । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो ।

Advertisement

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेकोमा उनीहरुलाई आज कारवाही गर्ने भनिएपनि कारवाहीको प्रक्रिया अघि बढाइएको थिएन । दोस्रो तहका नेताहरुले पार्टी एक बनाउन प्रयास गरिरहेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)