वनियानी , ५ बैशाख ।  झापाको कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना शिक्षकलाई आजबाट निष्कासन गरेको छ । अघिल्लाे स्थानीय सरकारले मापदण्ड विपरीत नियुक्त गरेका अयाेग्य शिक्षक तथा शिक्षीकालाई करार अवधि नथपेर बर्खास्त गरेकाे गाउँपालिकाले जनाएको छ।

गाउँपालिकामा कार्यरत अनुदानका निजि शिक्षक शिक्षीका तथा बाल शिक्षक शिक्षीका , कम्पुटरका मा वि शिक्षकलाइ निष्काशन गर्ने गरि २०७९ पुस २२ काे बैठले निर्णय गरे अनुसार उनिहरुलाई आजदेखी हटाइएको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद शिंह राजवंशीले बताउनु भएको छ ।

निवर्तमान गाउँपालिका अध्यक्ष अन्जार आलमकाे कार्यकालमा नियुक्त भएका करार शिक्षकहरुले शिक्षणकालागी अनुमति नलिएका, अयोग्य तथा नियम बिपरित नियुक्ति शिक्षक शिक्षीकालाई हटाइएकाे जनाएका छन । गत वर्ष मात्र पनि कचनकवलमा गाउँपालिकाले ११ अयोग्य कर्मचारी निष्कासन गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
1

+1
1

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार