हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“भावनाहरु ” : दयानन्द गोस्वामी

शब्दहरुको पछ्यौरामा लुप्त छन् भावनाहरु
सुदुरमा रहेकी उनीलाई खबर होस वा नहोस,

Advertisement

तथापि किंचित नैराश्यताको कुनै कुरा छैन
मिल्दछ राहत महलम बिना सारा चोटहरु,

Advertisement

पद पदमा रहेकाछन असंख्य व्यवधानहरु
तथापी यात्रामा निरंतर गरिरहेको छु प्रयास,

असिमित आकांक्षाहरु छन् शेष सिमान्तमा
गन्तव्यमा जे छन् परिवर्तनको छ वर्जनाबरू!

शब्दहरूको पछ्यौरामा लुप्त छन् भावनाहरु
सुदुरमा रहेकी उनीलाई खबर होस वा नहोस,

जीवनमा काँहि कतै कोहि जब सहारा छैन
पाउँ कस्को स्नेह र करुणा शेष त्यो मोडमा,

जीन्दगीका सम्पुर्ण कर्कषहरु गर्दा अवसान
तत्क्षण प्रस्फुटन हुन्छन जीवनका निराशाहरु,

सर्वदा आत्मसात गर्दै तरंगित भई रहुन मेरा
आभासीय ती अन्तर उद्वेगका उत्कण्ठाहरु,

जीवन त प्रकृतिको अति अनुपम उपहार हो
जहाँ कैयन रहन्छन् विषामृतका खानीहरू,

शब्दहरुको पछ्यौरामा लुप्त छन् भावनाहरु
सुदुरमा रहेकी उनीलाई खबर होस वा नहोस,

तथापि किंचित नैराश्यताको कुनै कुरा छैन
मिल्दछ राहत महलम बिना सारा चोटहरु।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)