हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कबिता : रातचरी- दयानन्द गौस्वामी

संध्या बहिर्गमन को कामना गर्दा
अवशिष्ट हरू कती धेरै बाँकी छन् ,

Advertisement

झनझन बाक्लीँदै जान्छ अंधकार
आकाशका ती ताराहरु साक्षी छन्,

Advertisement

पूर्णमासी गहिरो रातको कालीमा
निकृष्ट भित्र पनि उत्कृष्ट हेर्न लाई,

उन्मादी रातचरी हरू फरफराउँदै
चन्द्रप्रभाको संग अंकमाल गर्छन,

घनघोर अरण्य भित्र पनी चातकहरु
सबै निंड भित्र रहेर गर्दछन् कामना,

पूर्व क्षितिजमा दर्शन होस प्रभातको
पथमा अनिष्ट संग गर्न सकौं सामना,

किंचित पनि निर्बल न होस विश्वास
सुदृढ़ रहुन जीवन का पंखहरु सदा,

व्यवधान जती आउन उडान पथमा
स्वयं नै शमन होस न गरून निराश,

ढल्दै गरेको त्यो सविताको लालिमा संकेत
हो आगमन नीशाको कालीमा,

हुनेछ नि:शब्द सारा वातावरण
यहाँ नहोला संयम जहाँ कलुषित नै छन्,

संध्या बहिर्गमन को कामना गर्दा
अवशिष्ट हरू कती धेरै बाँकी छन्,

झन झन बाक्लीँदै जान्छ अंधकार
आकाशका ती ताराहरु साक्षी छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)