हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

काठमाडौंको बुद्धनगरमा आत्मदाह प्रयास गरेका पुरुषको वीर अस्पतालमा निधन

झापा , २७ आषाढ ।काठमाडौंको बुद्धनगरमा आफ्नै घरमा आत्मदाहको प्रयास गरेका एक ४५ वर्षीय पुरुषको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।

Advertisement

​जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरको भान्सा कोठामा आगो लगाई आत्मदाहको प्रयास गरेका आश्विन राउतको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो।

Advertisement

घटना लगतै प्रहरी टोलीले राउतको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलिसकेको थियो। चिकित्सकहरूले अथक प्रयास गर्दागर्दै पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।

मृतक राउत आफ्नी श्रीमती र छोराका साथ बुद्धनगरमा बस्दै आएका थिए। उनले के कति कारणले यस्तो आत्मघाती कदम चाले भन्नेबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन। प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै यसबारे विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)