हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता   :  “पुँन्जतारामणी”:दयानन्द गौस्वामि

पुर्णचन्द्रको प्रकाशपुन्ज संग
निशब्दयी निशा गर्दछ मिलन,

हिरकमयी ताराहरु हेरीकन
गर्दछन ती सारा ईर्ष्या,जलन,

Advertisement

ब्रह्माण्डको गति तीव्रता संगै
जब ढल्दछ चन्द्राकार पनी,

Advertisement

अथक निरंतर यात्राहरु बाट
स्तब्ध हुन्छन पुँन्जतारामणी,

अदृष्य भै पनी लुप्त छ जहाँ
नीर बग्दै सारा बेदनाहरू को,

ताल भर्दै अन्तर व्यथाहरुको
प्रत्येक क्षण सरिताको तीरमा,

झिल मिल टिल पिल भैकन
नैराश्यमय भयो तिनका मन,

यहाँ असंख्य भएर पनी हामी
विभेद नै गर्यौ तिमी हे स्वामी!

एक्लै भएर पनि चन्द्रमा जब,
प्रकाश छर्दछ यो धरामा सारा

शितलता नै उस्को अस्तित्व
जगमा सब लाई छ उ प्यारा,

व्यर्थ मैं ताराहरु छन् गंभीरमा
निरंतर नै प्रभावित हुन्छ धारा,

पुर्णचन्द्रको प्रकाश पुन्ज संग
निशब्दयी निशा गर्दछ मिलन,

हिरकमयी ताराहरु हेरीकन
गर्दछन् ती सारा ईर्ष्या जलन।

                      :  दयानन्द गौस्वामि

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)