हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काँकडभिट्टाको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेटलाई

हल्दिबारी न्यूज डेक्स- काकडभिट्टा।नेपाल र भारतबीचको पूर्वी नाका काँकडभिट्टास्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले पाएको छ।

Advertisement

इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको बोलपत्रमा सहभागी पाँच कम्पनीमध्येबाट ट्रान्स नेपालको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट छनोट भएको छ। पाँच वर्षका लागि वार्षिक १३ करोड २३ लाख भाडा तिर्नेगरी उक्त कम्पनीसँग बुधबार समितिले सम्झौता गरेको हो।

Advertisement

समितिका तर्फबाट कार्यकारी निर्देशक आशिष गजुरेल र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले गरेको करार सम्झौतामा हस्ताक्षर गर्नु भएको छ। कम्पनीले फागुन १ देखि बन्दरगाहमा काम सुरु गर्नेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)