समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

काठमाडौँ उपत्यकाबाट ८६ चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ८६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको बताए ।प्रहरीले के कस्तो गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्नेबारे केही खुलाएको छैन । पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् ।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीले पक्राउ परेकाहरुबाट ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको बताइएको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)