कृषि
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्वको लागि प्रजातान्त्रिक र प्रगतीशील समुहको भिडन्त

हल्दिबारी,. एसियाले जैविक विविधता भएको जलथल जंगलमा रहेको पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनको लागी प्रगतिशील समुह र प्रजातान्त्रिक समुहको उमेद्वारी घोषणा गरेका छन् ।

विज्ञापन (Advertisement)Advertisement

निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा चिरञ्जीवी पौडेल र जीत बहादुर राणावंशी, उपाध्यक्षमा स्यामलाल मेचे र राम लिम्ब’ (ज्ञानबहादुर) सचिवमा मन्जु दाहाल र भावना मैनाली त्यस्तै सहकोषाध्यक्षमा सालिग्राम पराजुली र पुण्य रिजाल कोषध्यक्षमा हेमराज काफ्ले केशव सञ्जेल तथा गोपाल सिग्दलेको उमेद्वारी परेको छ ।

वन समुहलाई तीन क्षेत्रमा विभाजीत गरेअन’सार क्षेत्र नं १ मा एक  पुरूष र २ महिला सदस्यको लागि सातजनाले उमेदवारी दिएका छन् त्यस्तै क्षेत्र जं २ मा गोला प्रथाद्धारा डिल्ली कुमार शाह र मनिता गौतम निर्वाचित भएका छन्. त्यस्तै क्षेत्र नं ३ मा सहमती अनुसार रामप्रसाद ढकाल र सृजना पराज’ली चापागार्इं निर्वाचित भएको जनाईएको छ ।

यही २८ गते हुने भनिएको निर्वाचनमा कागें्रस र राप्रपाबीच गठबन्धन भएको प्रजातान्त्रिक समुह निकै बलियो देखिन्छ , उक्त समुहको नेतृत्व पुर्व अध्यक्ष समेत रहेका चिरञ्जीवी पौडेल (चिरन) ले गरेका छन् ।

हल्दिबारी गाउंपालिका वडा नं ४ मा अवस्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिमा वार्षिक पचास लाख भन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ.

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)