काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवा सोमबार दिनभर उच्च राजनीतिक भेटवार्तामा सरिक भए ।

आइतबार काठमाडौं आए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका चौथाईवालेले आज अरु नेताहरुलाई भेटेका हुन । चौथाइवालेले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छ्न ।

एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेका चौथाईवाले खुमलटार पुगेर प्रचण्डसित भेटवार्ता गरेका थिए । त्यस्तै उनले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छ्न ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष संगको भेटमा नेपाल भारत सम्बन्धलाई अझै बलियो बनाउने बारेमा छलफल भएको चौथाइवाले बताए । चारदिने अनौपचारिक भ्रमणका क्रममा नेपाल आएकै दिन उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएका थिए । चौथाईवा किन नेपाल आएका हुन भन्ने प्रष्ट जानकारी दिइएको छैन ।