हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कृष्णसागरमा कराते खेलको प्रथम ग्रेड वृद्धि कार्यक्रम सम्पन्न

कृष्णसागरमा कराते खेलको प्रथम ग्रेड वृद्धि कार्यक्रम सम्पन्न

Advertisement

हल्दीबारी ४ मा रहेको कृष्णसागर अङ्ग्रेजी स्कुलमा “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ जलथल मै पहिलो आयोजित नेपाल सितोरियो कराते खेलको प्रथम ग्रेड वृद्धि कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

साविक जलथल क्षेत्रमा पहिलो पटक यस स्कुलले आयोजना गरेको नेपाल सितोरियो कराते ग्रेड वृद्धि कार्यक्रमले विद्यार्थी खेलाडीहरुलाई मनोबल बढाउन महत्त्वपूर्णभुमिका खेल्न सक्ने विद्यालयका पृन्सिपल नितेस खरेलले बताउनु भएको छ।

कार्यक्रम सञ्चालक विद्यालयका शिक्षक नवीन भट्टराईज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल एवं कार्यक्रमका सभा अध्यक्ष नितेश खरेलज्यूले गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कृष्णसागर डोजो का प्रमुख प्रशिक्षक सन्दिप गुरुङ ले दिनुभएको थियो।

उक्त कार्यक्रमको समन्वय प्रशिक्षक बीपी कोइराला ज्यूले गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूको ह्वाइट बेल्टबाट ओरेन्ज बेल्ट परिवर्तनका निमित्त झापा जिल्ला खेलकुद कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङ ज्यू र राष्ट्रिय सितोरिया प्रशिक्षक दिपेश निरौलाज्यू आउनुभएको यस कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ४ का वडाध्यक्ष तथा हल्दीबारी गाउँपालिकाका खेलकुद संयोजक सन्त कुमार थापा रहनुभएको थियो।

हल्दीबारी गापाका विभिन्न वार्डका वडाध्यक्ष, वडा सदस्य, पूर्व वडाध्यक्ष विद्यालयकी अभिभावक सङ्घकी अध्यक्ष भावना दाहाल मैनाली ,उपाध्यक्ष गोपाल सिग्देल लगायत विभिन्न विद्यालय र संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)