समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

गाउँपालिका टोलिले गर्‍यो बिकास निर्माणको निरीक्षण , वडा कार्यलय जाने पुल नै अलपत्र ( फोटोफिचर )

जलथल , ७ पौष । हल्दिवारी गाउँपालिकामा निर्माण भैइ रहेका बिकास निर्माणका कामहरूको स्थल गत निरीक्षण गरिएको छ।हल्दिवारी गाउँपालिका भौतिक पुर्वधार समिति संयोजक शागर पोर्तेलको नेतृत्वमा कार्यपालिका सदस्य गिता भण्डारी ,मातृका भट्टराई ,गाउँपालिका प्रशासकीय अधिकृत राजन न्यौपाने ,योजना फाट प्रमुख सुरज पोखरेल ,सव इन्जिनियर बिक्रम राजवन्सी तथा स्थानीय संचारकर्मिको सह्भागिता रहेको थियोे ।

निरीक्षण गर्ने क्रममा हल्दिवारी मावि ,भेलागुढी सिमसार ,हल्दिवारी ३ वडा कार्यलयको भवन ,स्वास्थ चौकी भवन ,वडा नम्बर ३ कै रमाइलो चोक हुँदै लक्ष्मी मावि निस्कने बाटो ( कालोपत्रे को काम अन्तर गत सडक नाला हुदै ) हाल वडा ३ कार्यलय रहेको ठाउँमा जाने पुल निर्माण को स्थल गत निरीक्षण गर्दा वडा कार्यलय जाने बाटोमा रहेकोे पुल अलपत्र रूपमा छाडेकोले यस्मा गाउँ पालिकाको ध्यानाकर्षण हुन जरुरी देखिएको छ । 

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)