समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

गुल्मीमा १० बर्षिय बालिका बलात्कार गर्ने सार्की पक्राउ

गुल्मी । गुल्मीमा विद्यालय हिँडेकी १० वर्षीया बालिकालाई पैसाको प्रलोभनमा पारेर बलात्कार गरेको घटना बाहिर आएको छ ।

आफ्नै दाजुसँग विद्यालय गएकी बालिकालाई बलात्कार गरेको आरोपमा गाडी चालक रुरु क्षेत्र गाउँपालिका ३ लोलङखोलाका ४१ वर्षीय भोजबहादुर सार्कीलाई पक्राउ गरिएको छ ।

विज्ञापन (Advertisement)Advertisement

बिहीबार बिहान आफ्नै दाजुसँग विद्यालय जान गाडी चढेकी ती बालिकालाई ३० रुपैयाँ दिँदै फाएर सार्कीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बालिकाको दाजुलाई एक ठाउँमा छाडेर बहिनी अन्यत्र लगेर सार्कीले बलात्कार गरेको प्रहरीको दाबी छ ।

बहिनीलाई अन्यत्र लेखेको देखेपछि दाजुले घरमा खबर गरेका थिए । पक्राउ परेका सार्कीलाई म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)