हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

गेलले भारतविरुद्धको सिरिज नखेल्ने घोषणा

वेस्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले भारतविरुद्धको सिरिज खेल्न अस्विकार गरेका छन् । सन्यासको घोषणासँगै मैदानमा फर्किए पनि गेलले आफ्नो क्रिकेट क्यारियर बारे ठोस निर्णय नलिएका कारण विश्वभर रहेका उनका फ्यान निराश रहेका छन् ।

Advertisement

गर्दै २०२० को टी(२० विश्वकप बारे पनि आहिले केहि भन्न नसक्ने बताएका छन् ।तर यो बर्षमा क्रिकेट खेल्दिन आराम गर्दैछु ।गेलले अस्ट्रेलियामा डिसेम्बरबाट शुरु हुने बिग बास लिग समेत नखेल्ने बताएका छन् । उनले आफ्नो खेल क्यारियर बारेमा आफुले अहिले नै केहि भन्न नसक्ने बताएका छन् ।

Advertisement

साथै उनले बंगलादेश प्रिमियर लिगमा समेत नखेल्ने संकेत गेलले गरेका छन् ।गेलले गत सेप्टेम्बरमा क्यारेबियन प्रिमियर लिग खेलेका थिए भने अहिले दक्षिण अफ्रिकाको टी-२० लिग एमएसएल खेलिरहेका छन् । पछिल्लो समय गेलको प्रदर्शन त्यति राम्रो हुन नसकेपनि एमएसएल लिगको २४ नोभेम्बरको खेलमा गेलले ५४ रन बनाएका थिए ।

वेस्टइन्डिजले भारतविरुद्ध ३ टी-२० र ३ एकदिवसीय खेलको सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल डिसेम्बर ६ मा टी-२० खेलबाट हुँदै छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)