दमक झापाको गौरादह नगरपालिका–२ स्थित सिटिया टोलमा एक वृद्ध मृत फेला परेका छन्। विगत ७ वर्षदेखि छोरी सविना हस्दाको घरमा बस्दै आएका मोरङको पथरी शनिश्चरे नगरपालिका–५ मौलीबारीका ६० वर्षीय बाबुराम हस्दा मृत फेला परेका हुन्।

​आइतबार बेलुकी ४:४५ बजेको समयमा बाटो छेउको पैनी (कुलो) मा हस्दा घोप्टो परेको अवस्थामा स्थानीयबासीले फेला पारेका थिए। स्थानीय चक्रबहादुर राई र शिरुलाल ताजपुरियालगायतले जीवितै हुनसक्ने आशंकामा उनलाई तत्काल पैनीबाट बाहिर निकालेर हेर्दा उनको घटनास्थलमै मृत्यु भइसकेको पाइएको थियो।

​घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृतको टोली अनुसन्धानका लागि खटिएको थियो। प्रहरी टोलीले साँझ ६:२५ बजे कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरी शवलाई पोस्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पताल पठाएको छ। घटनाको यथार्थ कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार